सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोश्रो काठमाडौं जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा छन् । दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने काठमाडौं जेभियरका इसीए इन्चार्ज खड्ग केसीले जनाएका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए । प्रतियोगिताका खेलहरु नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजककै कोर्टमा खेलाइने छ भने फाइनल बिहीबार हुनेछ ।