चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि

सोमबार, असार ३०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३—० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो । जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे । खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे । दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार