बागमतीका १३ जिल्लाको बिचमा ब्याडमिन्टन प्रतियोगिता सुरू

शनिबार, असार २८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

भरतपुर ।  चितवनमा आज देखी कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त प्रतियोगित हुन लागेको हो । कार्यक्रमको बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नेछन् । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद बिकास समितिका कर्मचारीहरु सहभागी हुनेछन् । उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले जानकारी दिए । यस्तै, आज नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । जसमा २४ टोली सहभागी हुने समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए । युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद बिकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद बिकास समितिबाट २ टिम हुनेछ । यस्तै बागमती प्रदेशकै अन्य १२ जिल्ला खेलकुद बिकास समितिबाट एक-एक टिम सहभागी हुनेछन् । 

 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार