डेविस कपको लागि नेपाली टेनिस टोली आइतबार मलेसिया जादैँ 

शनिबार, असार २८, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं  । डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घलेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा रहेका छन् । ग्रुप ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी ८ राष्ट्र दुई समूहमा बाँडिएर खेल्ने छन् । टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार