गायिका एलिना चौहानले ल्याइन आफ्नै जिन्दगीमा मेल खाने गीत–‘एक दिन त पछुताउँछ’

शुक्रबार, असार २७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पीडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् । “एक दिन त पछुताउँछ” शीर्षकको यो तीज गीतमा उनले विगतका घाउ, पीडा र आत्मबललाई भावुक अभिव्यक्तिमा प्रस्तुत गरेकी छन् । गीतमा गायिका एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै रहेको छ । म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार