सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् । तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।