सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस महारथी रियल म्याड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । बुधबार राति न्यू जर्सीसिथ्त मेटलाइफ रंगशालामा सम्पन्न खेलमा पिएसजीलाई जित दिलाउन मिडफिल्डर फाबियन रुइजले २ तथा ओसामान डेम्बेले र गोन्सालो रामोसले समान एक गोल गरेर क्लबलाई विश्वकपको फाइनलमा प्रवेश गराएका हुन । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप एक गोल हाने पछि रियाल म्याड्रिड शुन्य गोलबाट बाहिरिनु परेको हो । यो जितसँगै पिएसजी सिजनको पाँचौ उपाधिको नजिकसमेत पुगेको छ । पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ। यो हारसँगै रियाल भने यो सिजनमा उपाधिविहीन बनेको छ । अब पिएसजीले आइतबार उपाधिका लागि इङ्लिस क्लब चेल्सीको सामना गर्नेछ ।