एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता 

सोमबार, असार २३, २०८२

काठमाडौं  । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ । आइतबार राति उनीहरु काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई क्यानका सचिव पारस खड्कालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।  सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो ।  नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो । नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको थियो ।  रौनक श्रीवास्तव प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए । 

Photo2-1751861524.jpg
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार