मधेश प्रदेशलाई हराउँदै सुदुरपश्चिमले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि

शनिबार, असार १४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

जनकपुर । मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगित २०८१/०८२ को उपाधि सुदुरपश्चिम प्रदेश टिमले हात पारेको छ । जनकपुरधाममा तीन दिनदेखि जारी खेलको फाइनल खेलमा आज मधेश प्रदेश टिम र सुदुरपश्चिम प्रदेशबीच भिडन्त भएको थियो । सो क्रममा सुदुरपश्चिम प्रदेशका टिमले ३७ अंक प्राप्त गर्दै मधेश प्रदेशका टिमलाई १ अंकको अन्तरले पराजित गरेको छ । मधेशको टिमले ३६ अंक प्राप्त गरेको थियो । आजको अन्तिम खेलको सुरुवात देखि नै राम्रो खेल्दै आएको मधेशको टिमले खेलको अन्तिम मिनेटमा कमजोर प्रदर्शन गरेसंगै सुदुरपश्चिमले मौकाको फाइदा उठाउँदै मधेशको टिमलाई पछाडि पार्न सफल भएको थियो । विजेता सुदुरपश्चिमको खेलाडिहरुलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित कुमार यादवले ट्रफि हस्तान्तरण गर्नुका साथै खेलाडीहरुलाई मेडल प्रदान गरेका थिए । सचिव यादवले पहिलो पटक भएको यस मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी भएका सम्पूर्ण खेलाडिहरुको प्रसंशा गर्नुका साथै आगामी दिनमा अझ राम्ररी खेल्न हौसला बढाएका थिए । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार