आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु

बिहीबार, असार १२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदैछ ।  आज बिहीबारदेखि सुरु हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् । मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो । हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन् ।  प्रतियोगिताको विजेतालाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार