हलिवुडको अलौकिक एक्सन थ्रिलरमा बलिवुड अभिनेत्री दिशा पटानी

शनिबार, जेठ १७, २०८२
Global Ime Bank

काठमाडौँ । बलिउड अभिनेत्री दिशा पटानी पनि  हलिउडको नयाँ फिल्ममा देखिने भएकी छन् । दिशा चाँडै नै अलौकिक एक्सन-थ्रिलर फिल्म 'होलीगार्ड्स' मा देखिने भएकीछिन् । यो फिल्मसँगै ओस्कर विजेता निर्देशक केभिन स्पेसी लगभग दुई दशकपछि निर्देशनमा फर्कदैछन् । फिल्मको छायांकन मेक्सिकोमा गरिएको छ र यसमा धेरै अन्तर्राष्ट्रिय स्टारहरू पनि देखिनेछन् । दिशासँगै डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रायना हिल्डेब्रान्ड पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा रहेका छन् । 'होलीगार्ड्स' 'स्टेटिगार्ड्स भर्सेस होलीगार्ड्स' नामक फ्रान्चाइजीको हिस्सा हो । फिल्म एक्सन, डरलाग्दो र अलौकिक तत्वहरूले भरिपूर्ण हुने बताइएको छ । पोस्ट-प्रोडक्सनको क्रममा नै फिल्मको बारेमा छलफल सुरु भएको छ । केही समयअघि सुटिङको क्रममा दिशा पटानीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो तस्बिर मेक्सिकोको डुराङ्गोको हो, जहाँ फिल्मको छायांकन भइरहेको थियो । दिशा यस वर्ष जनवरीमा मेक्सिकोमा थिइन् । उनले टायरेस गिब्सन र ह्यारी गुडविन्ससँग शोको पाइलट सुटिङ गरेको बताइएको छ । दिशाले यसअघि अन्तर्राष्ट्रिय फिल्महरू गरिसकेकी छिन् । यो दिशाको पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट होइन। उनी पहिले ज्याकी चानसँग 'कुङ फू योगा' मा देखा परिसकेकी छिन् । हलिउड प्रोजेक्टसँगै, दिशा हाल 'वेलकम टु द जंगल' को तयारीमा छिन्, जुन २०२५ मा रिलिज हुनेछ ।दिशा पटानीले साउथ इन्डस्ट्रीबाट आफ्नो फिल्म यात्रा सुरु गरेकी थिइन् । उनले २०१५ मा तेलुगु फिल्म 'लोफर' बाट अभिनयमा डेब्यू गरिन् । यसपछि, उनले २०१६ मा हिन्दी सिनेमामा ब्रेक पाइन्, जब उनी सुशान्त सिंह राजपूतसँग 'एमएस धोनी: द अनटोल्ड स्टोरी' मा देखा परिन् । यस फिल्ममा उनले प्रियंका झाको भूमिका निभाएकी थिइन्, जुन दर्शकहरूले धेरै मन पराएका थिए । उनले २०१७ मा ज्याकी चानसँग अन्तर्राष्ट्रिय फिल्म 'कुंग फू योगा' मा पनि काम गरिन्। यसपछि दिशाले 'बागी २' (२०१८) मा टाइगर श्राफसँग धमाकेदार एक्सन गरिन् । त्यसपछि २०१९ मा उनी सलमान खानसँग फिल्म 'भारत' मा देखिइन् । २०२० को फिल्म 'मलंग' मा दिशाले डार्क र इन्टेन्स क्यारेक्टर निभाएकी थिइन् । दिशा २०२४ मा दुई ठूला फिल्म 'कल्की २८९८ ए.डी.' र 'कांगुआ' मा पनि देखिनेछिन् ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार