सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । बलिवुडमा सुपरहिट फिल्म कबीर सिंह र एनिमल जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरिसकेका सन्दीप रेड्डी वांगाले दीपिका पादुकोणलाई आफ्नो आउदो फिल्म स्पिरिटको स्क्रिप्ट लिक गरेको आरोप लगाएका छन् ।दीपिकालाई फिल्मबाट हटाएपछि तृप्ति डिमरीलाई लिएका बांगाले दीपिकाले फिल्मको स्क्रिप्ट लिक गरेको आरोप लगाएका हुन् । वांगाले दीपिकाको नाम नलिई उनले फिल्म छोड्ने बित्तिकै फिल्मको स्क्रिप्ट लीक गरेको आरोप लगाएका छन् । वांगाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, 'जब म कुनै कलाकारलाई मेरो स्क्रिप्ट सुनाउँछु, म उसलाई १०० प्रतिशत विश्वास गर्छु । हामीबीच एउटा अघोषित गैर-प्रकटीकरण सम्झौता हुन्छ । तर यसो गरेर तपाईंले आफू को हुँ भनेर देखाउनुभएको छ । एक युवा कलाकारको अपमान गर्नु र मेरो कथा लीक गर्नु, के यो तपाईंको नारीवाद हो ? एक फिल्म निर्माताको रूपमा, मैले आफ्नो कलामा धेरै वर्ष कडा परिश्रम गरेको छु । फिल्म निर्माण नै मेरो लागि सबैथोक हो । तर तिमीले यो बुझ्न सकेनौ र बुझ्न पनि सक्ने छैनौ । अर्को पटक पुरै कथा भन्नु, किनकि यसले मलाई केही फरक पार्दैन ।' वांगाले आफ्नो पोस्टमा दीपिकाको नाम भने उल्लेख गरेका छैनन् तर उनले यो दीपिकाका लागि नै लेखेको स्पष्ट रहेको छ । सन्दीपले आफ्नो पोस्टमा उल्लेख गरेकी युवा अभिनेत्री तृप्ती डिमरी भएको अनुमान गरिएको छ । फिल्म स्पिरिटमा प्रभासको अपोजिटमा दीपिका पादुकोणलाई कास्ट गरिएको थियो । दीपिका गर्भवती भएको कारणले फिल्म छोड्न चाहन्थिन्, तर सन्दीप रेड्डी वांगाले उनको लागि फिल्मको छायांकन पनि स्थगित गरिदिए । यसका बाबजुद पनि दीपिकाले फिल्ममा काम गर्नका लागि धेरै सर्तहरू राखिन् । उनी ८ घण्टाको सिफ्ट मात्र पाउनुपर्ने, हप्ताको ५ दिन काम गर्नुपर्ने, नाफामा भाग लिनुपर्ने र तेलुगु संवाद नबोल्नुपर्ने लगायतका मागहरू राखेकी थिइन् । अभिनेत्रीको बढ्दो मागबाट असन्तुष्ट सन्दीप रेड्डी वांगाले उनलाई फिल्मबाट हटाए ।उनको ठाउँमा तृप्तिलाई फिल्ममा कास्ट गरिएको छ। यसको आधिकारिक घोषणा पनि भइसकेको छ ।