राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
मनोरञ्जन
बबिना भट्टराईको आफ्नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
बबिना भट्टराईको आफ्नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
शब्दपाटी
मंगलबार, जेठ ६, २०८२
मंगलबार, जेठ ६, २०८२
काठमाडौ । ‘श्री हरि’ भन्नाले भगवान विष्णु वा उनका अवतारहरू जस्तै राम, कृष्णलाई बुझिन्छ । शाब्दिक रुपमा बुभ्दा “हरि” भन्नाले ‘हरण गर्ने’ अर्थात् पाप, अज्ञान, र दुःखलाई हरि दिने भन्ने अर्थ रहन्छ । वेद तथा पुराणहरूमा ‘हरि’ लाई नारायण, परम पुरुष, वा परब्रह्म भनेर वर्णन गरिएको छ । हिन्दु धर्मालम्वीहरु ‘श्री हरि’ लाई सम्पूर्ण सृष्टिका रचयिता, पालनकर्ता र संहारकर्ताको रूपमा विश्वास गर्दछन् । भगवत् पुराण, विष्णु पुराण, आदि प्रशिद्ध धार्मिक ग्रन्थहरूमा ‘श्री हरि’ को अनन्त लीला, अवतारहरू र भक्तप्रेम विशेष चर्चा गरिएको छ । भगवान ‘श्री हरि’ का दश अवतारहरू मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध, र भविष्यका कल्कि अवतारले संसारमा धर्म स्थापना गर्नुहुन्छ भन्ने विश्वास रहेको छ ।
एउटा भक्तका लागि ‘श्री हरि’ भगवान् मात्र हुनुहुन्न वहाँ प्रियतम, स्वामी, सखा, र जीवनको लक्ष्य हुनुहुन्छ । आफ्नो सच्चा भक्तलाई भगवानले कहिल्यै तिरस्कार गर्नुहुन्न। मीरा, सन्त तुलसीदास, र सन्त सुरदासहरूले वहाँ प्रति अत्यन्त प्रेमभाव व्यक्त गरेका दृष्टान्तहरु हामी शास्त्र अध्ययन मार्फत थाहा पाउन सक्दछौ । ‘श्री हरि’ केवल मन्दिरमा सीमित हुनुहुन्न, कण–कणमा ब्याप्त हुनुहुन्छ् । ‘श्री हरि’ प्रत्येक प्राणीको हृदयमा वास गर्नुहुन्छ र सबैका कर्मका साक्षी हुनुहुन्छ । ‘श्री हरि’ सर्वज्ञ, सर्वशक्तिमान, र दयामय हुनुहुन्छ । ‘श्री हरि’ को कुनै आरम्भ र अन्त छैन । दयालु ‘श्री हरि’ पापीलाई पनि क्षमा दिन सक्ने दयाका सागर हुनुहुन्छ । प्रत्येक प्राणीलाई कर्म अनुसार फल दिनुहुन्छ । ‘श्री हरि’ भक्तवत्सल हुनुहुन्छ, ‘श्री हरि’ भक्तहरूप्रति अपार माया र प्रेम गर्नुहुन्छ । भारतमा वैष्णव सम्प्रदाय अन्तर्गतका मन्दिरहरू जस्तै तिरुपति, बद्रीनाथ, जगन्नाथपुरी ‘श्री हरि’ प्रति समर्पित छन् । नेपालमा पनि अनेकौं विष्णु मन्दिरहरू छन् जस्तै बुढानीलकण्ठ, हरेकृष्ण धाम (स्कोन नेपाल) चागुनारायण आदि ।
‘श्री हरि’ प्राप्तिको उपाय भक्तियोग अर्थात् प्रेमपूर्वक स्मरण, भजन, पूजा, नामस्मरण ह्न् जस्तै – “हरे राम हरे राम राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे”
‘श्री हरि’ प्रप्त गर्ने अर्को माध्यम ध्यान हो । मन र चित्तलाई हरिमा एकाग्र बनाउने । त्यस्तै सत्कर्म – धर्म, सेवा, सत्य र सदाचारमा आधारित जीवन । भगवान् श्री हरि दयालु र प्रेममय परमात्मा हुनुहुन्छ, जो हाम्रो हृदयमै वास गर्नुहुन्छ । ‘श्री हरि’ केवल ब्रह्माण्डका शासक मात्र हुनुहुन्न वहाँ त एक भक्तको प्रिय साथी पनि हुनुहुन्छ ।
जब हामी मोह–मायाबाट टाढा भएर, ‘श्री हरि’ को शरणमा जान्छौं—त्यो क्षणमा हामी साँचो शान्ति र आनन्द अनुभव गर्छौं । भगवान श्री हरिका यिनै भावहरु प्रति समर्पित भजन ‘हे हरि’ बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा बबिना भट्टराईको आफ्नै आध्यात्मिक च्यानल ‘श्री भजन्स्’ मार्फत सार्वजनिक भएको छ ।
‘हे हरि’ भजन एक गहिरो आध्यात्मिक भावनाले भरिएको भगवान ‘श्री हरि’ को प्रार्थना हो जसमा एक भक्तले भगवान् ‘श्री हरि’ प्रति आत्मसमर्पण गर्दै आफ्नो जीवनको पश्चात्ताप व्यक्त गरेको छ ।
हे हरि हे हरि हे हरि … भेटौ म तिमीलाई के गरि …
जनम बेकार मेरो जानु छ एक दिन मरि …
हे हरि ..हे “हे भगवान्, म तपाईंलाई कसरी भेटुँ ? म असहाय छु, अज्ञानी छु, म मा आध्यात्मिक तृष्णा छ तर मलाई थाहा छैन कि भगवान ‘श्री हरि’ संग मिलन कसरी सम्भव छ ? जीवन निष्फल भयो, बेकार भयो, अध्यात्मको पाटोबाट निरर्थक भयो किन भने यो मानव चोला चिरञ्जिवी छैन, अन्ततः एक दिन मरेर जाने हो, मेरो पनि मरण निश्चित छ तर मैले केही आध्यात्मिक उपलब्धि गरिन, मेरो जन्म नै बेकार भयो, अव म कसो गरु ?
पढिन शास्त्र गरिन ध्यान जपिन कहिले हरि नाम
हिँडिन तीर्थ गरिन दान पुजिन गुरु राखिन मान..
न शास्त्र पढियो, न ध्यान गरियो, न हरिको नाम जपियो… भजनमा जीवनको उत्तरार्धमा पश्चात्ताप व्यक्त गरिएको छ किनकि भक्तले आध्यात्मिक अभ्यासको अवहेलना गरेको छ । न तीर्थ यात्रा गरियो, न दान गरियो, न गुरुलाई सम्मान गरियो । यहाँ भक्तको आत्म–स्वीकारोक्तिको भाव देखिन्छ– जीवन भुलभुलैयमा मैै वित्यो, आध्यात्मिक मूल्यहरूलाई भने बेवास्ता गरियो ।
मोह मायाको यो भावसागर तरौ म अव के गरि
देह रै छ डढि जाने उड्दो रै छ मन चरि…
अब चाहि भक्तलाई डर लागेको छ, यो मोह–मायाको संसार (भवसागर) कसरी तरु ? कसरी पार गरूँ ? जीवनको अन्त्यमा आएर भक्तले प्रश्न गरिरहेको छ — अब केहि उपाय बाँकी छ र ? यो शरीर त नष्ट हुने हो, मन त चरा झैँ उड्छ, जीवनको नश्वरता र मनको चञ्चलता भजनका यी हरफमा महशुष गरिन्छ ।
जलमा तिमी थलमा तिमी, कण कणमा तिमी सरोवरी
गगनमा तिमी पवनमा तिमी, सर्वत्र तिमी अन्तरयामी…
तिमी पानीमा छौ, जमिनमा छौ, कण–कणमा छौ । भजनका यी हरफले भगवान ‘श्री हरि’ अर्थात् ईश्वरको सर्वव्यापकता वर्णन गरिएको छ – हरि सर्वत्र व्याप्त छन् आकाशमा, हावामा, जलमा, थलमा जताततै, कण कणमा, सबैतिर भएर पनि कतै देखिदैन, भगवान श्री हरि ! तिमी अन्तर्यामी छौ ।
तिमी खोजे मन्दिरमा रहेछौ तिमी मन भरि
भुलिरहे अज्ञानले जागौ अव के गरि ।
मन्दिरमा खोजेको तिमी त मेरो आफ्नै मनमै रहेछौ भनेर यहाँ धार्मिक स्थलभन्दा आत्मा भित्रको खोजको महत्व दर्शाइएको छ । अज्ञानताले म भुलिएको थिएँ, अब म जाग्न चाहन्छु – के गरूँ ? पछुतो गर्दै भक्तले आत्मबोधको आकांक्षा व्यक्त गरेको छ ।
भजन ‘हे हरि’ मा एक आध्यात्मिक व्यक्ति जीवनको अन्त्यतिर आइपुगेपछि पश्चात्ताप, आत्मबोध र ईश्वरप्राप्तिको तृष्णा व्यक्त गर्छ । उसले मान्छेको सामान्य भुलहरू जस्तै अध्यात्मको उपेक्षा, सांसारिक माया, मोह, र आत्मखोजको अभाव स्वीकार गर्दछ । अन्ततः ईश्वर त सर्वत्र छन् भन्ने सत्यमा पुग्छ र भन्छ, ‘अब म के गरूँ ?’ – यो प्रश्न वास्तवमै आत्मबोधको सुरुवात हो तर धेरै ढिला आत्मबोध भयो ।
भजन ‘हे हरि’ को भिडियोमा बबिना भट्टराई आफै फिचर्ड छिन् । भजनको भिडियोमा उनले एउटा सच्चा भक्तको रुपमा भगवान ‘श्री हरि’ को स्तुति गरेकी छिन् । काठमाडौको प्रशिद्ध धार्मिक स्थल गोकर्णमा ऐ.जे. अजुको निर्देशनमा छाँयाकंन गरिएको उक्त भिडियोको कलर ग्रेडिङ तथा सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन् ।
भगवान श्री हरिको महत्व दर्शाई आफ्नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत सार्वजनिक भजन ‘हे हरि’ नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले आगामी दिनहरुमा यसै च्यानल मार्फत आफ्ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गर्दै आफ्नो नयाँ भजन ‘हे हरि’ लाई माया गर्नु हुन र आफ्नो आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्क्राइव, लाइक, कमेन्ट, शेयर गरि सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।
भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा बीणा भक्ति युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
भजन हे हरि …
हे हरि हे हरि हे हरि …
भेटौ म तिमीलाई के गरि ।
जनम बेकार मेरो जानु छ एक दिन मरि
पढिन शास्त्र गरिन ध्यान जपिन कहिले हरि नाम
हिडिन तीर्थ गरिन दान पुजिन गुरु राखिन मान
मोह मायाको यो भावसागर तरौ म अव के गरि
देह रै छ डढि जाने उड्दो रै छ मन चरि
हे हरि हे हरि ….
जलमा तिमी थलमा तिमी
कण कणमा तिमी सरोवरी
हे हरि हे हरि …
गगनमा तिमी पवनमा तिमी
सर्वत्र तिमी अन्तरयामी
तिमी खोजे मन्दिरमा रहेछौ तिमी मन भरि
भुलिरहे अज्ञानले जागौ अव के गरि ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२
१०:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई गोदावरीको बालमन्दिरमा राखिने
नंः २
ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमायाको निधन
नंः ३
ललितपुर महानगर २४ नं. वडाले राहत कोषमा जम्मा गर्यो ४ लाख ६६ हजार
नंः ४
कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी
नंः ५
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
ग्यास अभाववरिुद्ध सिंहदरबारको दक्षणि गेटमा युवाको प्रदर्शन
बुधबार, भदौ २४, २०८३
१,३६७ शव फेला, ५,१०० अझै बेपत्ता
बुधबार, भदौ २४, २०८३
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
बुधबार, भदौ २४, २०८३
जेनजी आन्दोलनका घाइतेहरूकाे नाटक प्रदर्शन
बुधबार, भदौ २४, २०८३
जेनजी आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको थियो : महेश बस्नेत
बुधबार, भदौ २४, २०८३
थप समाचार
‘बेहुली’को ट्रेलर सार्वजनिक, आम्दानीको पाँच प्रतिशत बाढीपीडितलाई दिने घोषणा
मंगलबार, जेठ ६, २०८२
बलिउडका चर्चित गायक शान भदौ ६ गते काठमाडौंमा गुञ्जिँदै
मंगलबार, जेठ ६, २०८२
ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’
मंगलबार, जेठ ६, २०८२
सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी
मंगलबार, जेठ ६, २०८२
Subscribe Newsletter
×