हङकङबाट कृष्णले ल्याए ‘माखायात ग्वंग : मा:’ (भिडियो)

आइतबार, असोज २७, २०८१
Global Ime Bank

काठमाडौं । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “माखायात ग्वंगः माः” सार्वजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचना, स्वर र संगीतमा रहेको यस बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ। गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्।
ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको निर्माणमा बाल मुकुन्द प्रजापतिको निर्देशन , छायांकन–सम्पादन सैलेश  श्रेष्ठ, कोरियोग्राफी किरण जोशीको रहेको छ। भिडियोमा कलाकारहरु आराध्या लक्ष्मी खड्गी  र किरण जोशीको अभिनय रहेको छ।  भिडियो  ‘कृष्ण भक्त महर्जन’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार