अपर मुस्ताङमा ४५ लाखको सेट बनाएर छायाङ्कन हुँदै चलचित्र ‘एक्लो’

शनिबार, भदौ २२, २०८१
Global Ime Bank

काठमाडौं ।  नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ । छायाङ्कनरत चलचित्रमा सेट निर्माणको काम भइरहेका छ भने चलचित्रका निर्देशक प्रदीप शाही, छायाँकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ । कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । करिब एक हप्ता अघि काठमाडौंको भद्रकालीमा चलचित्रको शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम मुस्ताङ प्रस्थान गरेको थियो । चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज) का अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायाङ्कन गरिनेछ । हाल अपर मुस्ताङको लोमान्थाङमा छायाङ्कन भइरहेको चलचित्रलाई, छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छायाङ्कन गरिनेछ । मुस्ताङको छायाङ्कन पश्चात भने निर्माण टिमले १५ दिनको समय तालिका मिलाएर काठमाडौंमा छायाङ्कन गर्नेछ । यो चलचित्रमा स्टारकास्टहरूको लाइन नै लागेको छ । जसमा  प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ । चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । बाबु श्रेष्ठको छायाङ्कन रहने यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन् ।Movie-(1)-1725697072.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार