बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त 

आइतबार, भदौ २, २०८१

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए । २५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । नेपाल बार एसोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार