सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडास्थित प्रसिद्ध प्राकृतिक दह नागदहको संरक्षण तथा विकासका लागि गठन गरिएको ‘नागदह विकास तथा संरक्षण समिति’लाई पूर्णता दिइएको छ । ललितपुर महानगर २४ नं. वडासमितिले केही समय अघि निर्वाचित वडाअध्यक्षको अध्यक्षतामा नागदह विकास तथा संरक्षण समिति गठन गर्ने निर्णय गरेअनुसार समितिलाई पूर्णता दिइएको लुपमनपा २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डेले जानकारी दिए । वडा समितिले संरक्षण समितिमा दुईजना उपाध्यक्ष रहने व्यवस्था गरेको छ । वडाअध्यक्ष पाण्डेको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा साविक धापाखेल गाविसका पूर्वअध्यक्ष गणेशमान महर्जन तथा नेपाल सरकारका पूर्वसचिव केदारबहादुर अधिकारी चयन भएका छन् । समितिको सचिवमा देवराज लामिछाने, सहसचिवमा कमला माली, कोषाध्यक्षमा धनेश गिरीलाई चयन गरिएको छ । लपुमनपा २४ नं. का निर्वाचित वडासदस्यहरू पदेन सदस्य रहने व्यवस्था गरिएको समितिको सदस्यहरूमा नागदह परिपरि रहेका महिला समूहका अध्यक्षलाई चयन गरिएको छ । जसअनुसार नागदह महिला समूहकी जुलुम कार्की, गौखुरेश्वर महिला समूहकी सीता श्रेष्ठ, नव लिङ्गेश्वर महिला समूहकी आयुसा माली, श्रृजना कार्की, जलाप देवी महिला समूहका प्रतिनिधिलाई सदस्य चयन गरिएको छ । यस्तै परमेश्व घिमिरे, विजय श्रेष्ठ, नकुल गिरी, विक्रम थापा, राजेश महर्जन, रत्न महर्जन, गणेश श्रेष्ठ, सानुबाबु गिरी, सफल कार्की, प्रभु थापामगर, दिपक गिरीलाई पनि सदस्यको रुपमा चयन गरिएको छ । समितिमा आवश्यकता अनुसार सदस्यहरू थपिने वडाअध्यक्ष पाण्डेले जानकारी दिए । यस्तै समितिलाई सल्लाह सुझाव दिनकमा लागि महानगर २४ नं. वडाका पूर्ववडाअध्यक्ष दिनेश कार्कीको संयोजकत्वमा नेपाली काग्रेस ललितपुरका जिल्ला उपभापति सदर्शन घिमिरेलाई समितिको उपसंयोजक बनाएर सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिमा २४ नं. वडामा क्रियाशील राजनीतिक दलका अध्यक्षलाई सदस्य बनाएको छ । ‘नागदह विकास तथा संरक्षण समिति’का माहतहतमा रहने गरी प्रचार प्रचार, सन्ध्या आरती, सुरक्षा, पूजा, भेटी व्यवस्थापन, अतिथि सत्कार, मन्दिर रंग रोगनलगायतका लागि छुट्टा छुट्टै उपसमितिहरू गठन गरिएको छ ।