फेरी विवादमा अभिनेत्री ज्याक्लिन

बुधबार, असार २६, २०८१

काठमाडौँ । बलिवुड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरी विवादमा परेकी छन् । ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी)  ले फेरी बयानका लागि बोलाएपछि उनी विवादमा परेकी हुन् । ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ । ज्याक्लिनक पुर्वप्रेमी समेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक पटक इडीले बयान लिएको छ । यस अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार