‘समाजवादको कुरा गर्नेहरु नै बुर्जुवाहरुसँग सहकार्य गरिरहेका छन्’ : वर्षमान पुन

शनिबार, असार ८, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुखले समाजवादी हुने तर व्यवहारले समाजवादी हुन नचाहनेहरु धेरै रहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा माओवादी केन्द्र अछाम–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेलामा बोल्र्दै उनले समाजवादको कुरा गर्ने तर बुर्जुवाहरुसँग सहकार्य गर्दै बस्ने अगाडि जानै नचाहनेहरु र मुखले समाजवादी हुने तर व्यवहारले समाजवादी हुन नचाहनेहरु धेरै रहेको बताए । उनले भने, ‘समाजवादीहरु यस्ता पनि छन् । समाजवादको कुरा गर्ने तर बुर्जुवाहरुसँगै सहकार्य गर्दै बस्ने अगाडि जानै नचाहनेहरु छन् । मुखले समाजवादी हुने तर व्यवहारले समाजवादी हुन नचाहनेहरु छन् । आजको वहस भनेको अन्यायका विरुद्ध मोर्चा बनाएर अगाडि बढ्नुपर्छ भन्ने नै हो । त्यसका लागि घट्नालाई हेर्ने सही दृष्टिकोण निर्माण गर्न आवश्यक छ ।’ उनले एउटै पार्टीले राज्य व्यवस्था लिने र एउटा निर्देशित खालको समाजवादको कल्पना अझै नि गरिरहेको भन्दै आजको दुनियाँमा त्यो सम्भव नभएको बताए । उनले भने, ‘एकथरी मानिसहरु लेनिनकै समाजवादको कुरा गर्छन् । एउटै पार्टीले राज्य व्यवस्था लिने र एउटा निर्देशित खालको समाजवादको कल्पना गर्दछन् । त्यो आजको दुनियाँमा सम्भव छैन् । कम्युनिष्ट पार्टी नेतृत्वदायी र अरु सहयोगी पार्टीका रुपमा छन् । त्यो खालको अवधारणा पनि अब रहेन । पुरातन समाजवादी छन् जो पुराना समाजवादको कुरा गर्छन् । त्यो आज सम्भव छैन् ।’

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार