संसदीय समितिको बैठकमा एनजीओको खाजा !

आइतबार, असार २, २०८१

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ । आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रबि लामिछाने बैठक शुरु नहुदै बाहिरिएका थिए । बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा रहेको थियो । तर बैठकमा समयमै गृहमन्त्री लामिछानेले बैठकमा मंहगो मूल्यका खाजा ल्यायेको थाहा पाएपछि सोधखोज गरेका थिए । त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि लामिछानेले बैठक शुरु नहुदै बाहिरिएका थिए । खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले न्यूज कारखानालाई बताए । गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार