भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ । बलिवुड अभिनेता शेखर सुमन भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । शेखर सुमन दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीमा सामेल भएका हुन् ।  शेखर सुमन भाजपामा सामेल भएपछि अहिले उनी र अभिनेत्री कंगना रनावतको विगतको विवादको विषयमा प्रश्न उठाइएको छ ।  शेखर सुमन भाजपामा प्रवेश गरेपछि उनको र कंगनाको चर्को आलोचना भइरहेको छ । तर, अब शेखर आफै अगाडि आएर कंगनालाई समर्थन गरेका छन् । शेखर सुमनले हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव लड्दै आएकी कंगना रनौतका लागि प्रचार गर्न तयार रहेको बताएका छन् ।  कंगनले यसअघि शेखर सुमनका छोरा अध्ययनसँग डेट गरेकी थिइन् । सन् २००८ मा मोहित सुरीको फिल्म ‘राज– द मिस्ट्री कन्टिन्युज’ को सेटमा यी दुईको भेट भयो र प्रेममा परे । यसपछि अभिनेताले सार्वजनिक रूपमा कंगनामाथि कालो जादू गरेको आरोप पनि लगाएका थिए ।  दुवै एउटै पार्टीमा प्रवेश गरेपछि मानिसहरूले दुवैको चर्को आलोचना गरिरहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार