असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो : उपेन्द्र यादव

बुधबार, वैशाख २६, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन् ।  बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले, आफू बाहिर गएको मौका छोपी निराधार हल्ला चलाएर गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरेको बताए ।  उनले भने, ‘म विश्व जनसङख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको मौका छोपेर एउटा हल्ला चलाइयो । जसपा र नेकपा एसले कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित हल्ला चलाइयो । र निराधार त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी भित्र महाधिवेशनको तयारी भइरहेको बेलामा केही महत्वकांक्षा र व्यक्तिगत स्वार्थबाट प्रेरीत व्यक्तिले हल्लाको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, र निर्वाचन आयोगमा गैरकानुनी तर्फबाट गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे रे, नेपालको इतिहासमा यति छिटो पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि हो ।’

Photo-(1)-1715162312.jpg

उनले आफूले कार्यवाहक अध्यक्षको पद दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए ।  उनले भने, ‘पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ । उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त । मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो । पहिला पनी बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो । के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले ।’
उनले लाखौँ पार्टी सदस्य र नेताहरू आफुहरुको समर्थनमा नै रहेको भन्दै  ५÷७ सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभनमा पारी खर्च गरेर भएपनि भेला पारेर पार्टी फुटाए भनेर गरेको जनआधार प्रचारले पार्टीलाई असर नपरी अझै सुदृढ भएर जाने विश्वस व्यक्त गरे ।  राजनीतिक दलहरु संस्थागत रुपले स्थिर हुन नसक्दा राजनीतिक प्रणाली नै धरापमा पर्ने हो कि भन्ने आसंका र खतरा पैदा भएको पनि उनको भनाई छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार