सुहाङले आज प्रतिनिधिसभा सदस्यको शपथ लिने

बुधबार, वैशाख २६, २०८१

काठमाडौं । इलाम- २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुँदै छ । नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङ विजयी भएका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार