पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको शपथ

बुधबार, वैशाख २६, २०८१

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको शपथ लिएका छन् । हालै भएको आम चुनाव जितेका पुटिन नै रुसको राष्ट्रपति बनेका हुन् । उनले क्रेमलिनमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 
शपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुसको नेतृत्व गर्नु पवित्र कर्तव्य भएको बताए । उनले यो कठिन समयपछि रुस फेरि बलियो हुने बताएका छन् । शपथपछि पुटिनले रुस अन्य देशसँग सम्बन्ध विकास गर्न तयार रहेको बताए । रुसले हरेक खतरा र चुनौतीको उचित जवाफ दिन तयार रहेको पनि बताए ।  युक्रेनसँग चलिरहेको द्वन्द्वका कारण अमेरिकासहित धेरै पश्चिमी देशले पुटिनको सपथ ग्रहण समारोह भने बहिष्कार गरेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार