रास्वपा संसदीय दलको बैठक बस्दै

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।  सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ । बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार