एमाले फर्किन वामदेव आतुर

ओलीलाई भने, 'अहिलेसम्म बोलाउनुभएन !'
मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई ७-८ महिना देखि कुरिरहेको उल्लेख गरे । उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताउँदै नेकपा फुटेको बेला आफू कतै नलाग्दा आफूलाई घाटा लागेको समेत बताए । आफूलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै उनले आफूले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यति बेला कतै नलागेको स्पष्ट गरे । नेता वामदेवले ओलीकै आगाडी भने, 'म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाउ ।' सोही कार्यक्रममा ओलीले वामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार