जसपा नेपाल भन्छ, 'बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन'

मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ । जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले दल विभाजनको अवस्था नरहेको बताएका हुन् । उनले हाल संसद्को अधिवेशन आह्वान भइसकेको र दल विभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका हुन् । साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउँदै सम्पूर्ण केन्द्रिय सदस्यलगायत कोही पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार