जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

सोमबार, वैशाख २४, २०८१

काठमाडौँ । इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ । इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ । आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो । अल-जजीरा टिभी नेटवर्कले इजरायली सरकारको 'राष्ट्रिय सुरक्षा' खतराको दाबीलाई 'झूटो' भनेको छ । अल-जजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ । इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् । इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ । विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार