अभिनेता श्रेयसको दाबी,  'कोरोना भ्याक्सिनले हृदयघात भयो' 

आइतबार, वैशाख २३, २०८१

मुम्बई । बलिउड अभिनेता श्रेयस तलपडे चाँडै कमेडी फिल्म ‘वेलकम टू द जंगल’मा देखिँदैछन् । यो फिल्मप्रति दर्शकको चासो निकै छ । यो फिल्ममा अभिनेता अक्षयकुमारसहित कैयौं कलाकारको अभिनय छ । गत वर्ष श्रेयसलाई हृदयघात भएको थियो । उनलाई हृदयघात भएपछि फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका थिए । यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात भएको दाबी गरेका छन् । उनको दाबीले सबै चकित छन् । ‘म मदिरा सायद महिनामा एक पटक पिउँछु । धुम्रपान गर्दिनँ । मेरो कोलेष्ट्रोल केही बढेको थियो । अहिलेको दिनमा यो सामान्य छ । यी कुराका लागि मैले औषधि लिइरहेको थिएँ, जसको असर निकै राम्रो देखिन थालेको छ । म आफ्नो खानपानमा ध्यान राख्छु । मलाई कुनै समस्या छैन । त्यसो भए हृदयघातको कारण के हुनसक्छ । यति प्रतिबन्धका बाबजुद पनि हृदयघात हुनु केही कारण त होला,’ उनले भनेका छन् ।
उनले कोभिड भ्याक्सिन लगाएपछि शरीरमा केही परिवर्तनको अनुभव भएको बताए । ‘म यो कुरालाई गलत मान्दिनँ । कोभिड भ्याक्सिन पछि ममा केही थकानको अनुभव भयो । यसमा सत्यता हुनसक्छ र म सिद्धान्तलाई नकार्न सक्दिनँ । हुनसक्छ कि यो कोभिड या भ्याक्सिन हो, तर यो जोडिएको त छ ।
हालैमात्र एक रिपोर्ट बाहिर आएका थियो कि कोभिड भ्याक्सिन लगाएपछि मानिसहरुलाई हृदयघात भएको थियो । मलाई पनि त्यही नहोला भन्न सकिन्नँ’, उनले भनेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार