सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

बिहीबार, वैशाख २०, २०८१

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भाेलि शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिन भाेलि बैशाख २१ को अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।  सोडारी यही वैशाख ६ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् अहिलेसम्म नाउपाका कैलाश चौधरी र टीका थापा मात्र सरकारमा गएका छन् भने एमाले र माओवादी केन्द्र सरकारमा सामेल भएका छैनन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ ,माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४ , राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार