इलियानाको करियरमा ‘बर्फी’ तगारो

बुधबार, वैशाख १९, २०८१

काठमाडौं । बलिउड अभिनेत्री इलियाना डिक्रुज साउथ फिल्मको सफल अभिनेत्री थिइन् । एक पछि अर्को हिट फिल्म दिइरहँदा उनी बलिउडतिर लागिन् । बलिउडमा पनि उनले राम्रै नाम र दाम कमाइन् । तर साउथबाट बलिउडमा आएपछि उनले फिल्म नै पाउन छोडिन् । ‘दो और दो प्यार’बाट चर्चा कमाई रहेकी इलियानाले सन् २०१२ मा रणवीर कपूरका साथ फिल्म ‘बर्फी’बाट बलिउडमा पाइला चालिन् । उनी सहायक अभिनेत्री थिइन् । उनले प्रियंका चोपडा र रणवीर कपूर जस्ता दिग्गज कलाकारका साथ आफ्नो फरक स्थान बनाइन् । यो फिल्मबाट उनले दर्शक र समीक्षकको उत्तिकै साथ पाइन् ।
उनले ‘बर्फी’बाट प्रशंसा पाए पनि साउथ फिल्ममा भने उनको विषयमा एक हल्ला चल्यो । साउथ फिल्मका निर्देशक तथा निर्माताको कानमा इलियान अब बलिउडमा मात्र काम गर्ने हल्ला पुगेपछि उनले साउथ फिल्ममा काम गर्ने मौका गुमाउँदै गइन् । यो कुराको हालैमात्र उनले एक अन्तरवार्तामा खुलाएकी छन् । ‘बर्फीमा काम गरे पछि आम दर्शकलाई म बलिउडमा सिफ्ट भएको अनुभव भएछ । जसकारण मैले साउथ फिल्ममा थप केही काम पाइनँ । मलाई साउथ फिल्ममा आफ्नो हक मिलेन । तमाम ठूला भूमिकाका बाबजुद पनि मलाई कसैले नोटिस गरेनन् । इमान्दारिताका साथ भन्नु पर्दा मैले आफ्नो हक पाएकी छैन । मलाई यस्तै महशुस हुन्छ । मैले जे काम गरेकी छु, त्यसमा कसैको ध्यान गएन र मलाई थाहा छैन किन यस्तो भएको छ ?’, उनले भनेकी छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार