ओलीले भने, 'इलामको विकासको जिम्मा सुहाङले लिन्छन्'

मंगलबार, वैशाख १८, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडी रहेको बताएका हुन् । सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको बताए । ओलीले आफूले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै आफूले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउँदै सुहाङले राम्रो काम गर्ने दाबी गरे । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार