इलाम- २ मा एकीकृत समाजवादीको ४०८ मत, झलनाथ थिए चुनावी कमाण्डर !

मंगलबार, वैशाख १८, २०८१

काठमाडौँ । इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ । त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् । यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार