इलाममा सुहाङलाई फराकिलो अग्रता

सोमबार, वैशाख १७, २०८१

इलाम । इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन् । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ६ सय १९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार