बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

सोमबार, वैशाख १७, २०८१

बझाङ । बझाङ प्रदेशसभा 'क'मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार