इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

सोमबार, वैशाख १७, २०८१

इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् । हालसम्म २१,८१० मत गनिएकाे छ, जसमध्ये २६१ मत बदर भएकाे छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार