इलाम २ मा सुहाङलाई एक हजारबढी मतको अग्रता

आइतबार, वैशाख १६, २०८१

इलाम । इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् । हालसम्मको मतगणनामा सुहाङले ३ तीन हजार ७ सय ८३ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मत ल्याएका छन्। नेम्वाङ एक हजार एक मतले अघि रहेका छन् । स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७ सय ८४ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले ५ सय ६१ मत ल्याएका छन् ।

बझाङ 'क' मा एमालेको अग्रता कायमै

बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।  नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९ सय ६६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोरकुमार खड्काले ५५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार