बराहक्षेत्रको महाकुम्भ मेलासहितको धार्मिक तीर्थाटनमा रमाए महालक्ष्मी  नगरपालिका ९ लामाटारका ज्येष्ठ नागरिक (भिडियो)

आइतबार, वैशाख १६, २०८१

लामाटार (ललितपुर) । महालक्ष्मी नगरपालिका ९ नं. लामाटारले वडाका ६० वषैदेखि ७४ वर्षसम्मका ९४ जना ज्येष्ठ नागरिकहरूलाई बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला लागेको प्रसिद्ध धार्मिक स्थल सुनसरीको बराह क्षेत्रसहितका धार्मिक स्थल लगेर तीर्थाटन गराएको छ । बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला लागेको छ । 
धार्मिक तीर्थाटनमा सहभागी वडाका ज्येष्ठ नागरिकले वडाका जनप्रतिनिधिहरूले आफूहरूलाई ठूलो सम्मान गरेको भन्दै आर्शिवाद दिएका थिएका । परिवारका सदस्यले नगर्ने काम वडाका जनप्रतिनिधिले गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनीहरूले जनप्रतिनिधिलाई सुझाव पनि दिएका छन् । 

439592606_1597600461004043_8456669178478121145_n-1714305742.jpg
पूर्वी नेपालको सुनसरी जिल्लामा पर्ने सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न दर्शनार्थी आउने गरेका छन् ।  कुम्भ मेलाबाट पुण्य प्राप्ति हुने विश्वास छ । कुम्भ भनेकै स्नानको महत्त्व हो । त्यसैले गर्दा कुम्भमा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास छ ।  विश्वका चारधाममध्येको एक पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा स्नान गर्नुलाई महत्वपूर्ण मानिन्छ । बराहक्षेत्रमा सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ।  ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९ ले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमार्फत आध्यात्मिक जागरण कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरूका लागि धार्मिक तीर्थाटन गराएको हो । अस्ति शुक्रबार र हिजो शनिबार गरी दुईदिने धार्मिक तीर्थाटनका लागि वडाले सिन्धुलीस्थित आदिलिङग कुशेश्वर महादेव मन्दिर, सिन्धुलीको कमलामाई मन्दिर, सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीको अवलोकनसहित सुनसरीको बराहा क्षेत्रमा तीर्थाटन गराएको हो ।

435305022_1168674267885725_1391441582958343119_n-1714305739.jpg
वडाको आर्थिक वर्ष २०८०÷०८१ का लागि विनियोजित बजेटबाट ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थाटनमा लगिएको वडा नं. ९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूलाई धार्मिक तीर्थाटनको लागि उहाँहरूकै माग बमोजिम बाह्र वर्षे मेला लागेको सुनसरीको बराह क्षेत्रलगायतका धार्मिकस्थलको भ्रमण गराइएको वडाध्यक्ष बोगटीले जानकारी दिनुभयो । सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२–१२ वर्षमा महाकुम्भ मेला तथा ६–६ वर्षमा लाग्ने अर्ध कुम्भ मेला लाग्ने गर्दछ । 

440284052_752844196934055_6151748974672243896_n-1714305740.jpg
महालक्ष्मी नगरपालिका वडा नं. ९ कार्यालयले ६० देखि ७४ वर्ष उमेरसम्ममा ९४ जना ज्येष्ठ नागरिकलाई दुई दिने धार्मिक तीर्थाटन गराएको हो । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै वडा कार्यालयले प्राथमिक उपचारका औषधिसहित ७ जना स्वास्थ्यकर्मीलाई तीर्थाटनमा परिचालन गरेको थियो । यस्तै अवकाश भएका २ जना स्वास्थ्यकर्मीले पनि  वडाका ४ जना स्वास्थ्य स्वय्म सेविकालाई सहयोग गरेको वडासदस्य शशीधर पोखरेलले जानकारी दिनुभयो । धार्मिक तीर्थाटनमा वडाअध्यक्षसहित ४ जना जनप्रतिति, वडासचिवको कर्मचारी टोलीले ज्येष्ठ नागरिकको यात्रामा सहजीकरण गरेका थिए । 
baraha-mandir-1714305758.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार