ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्  । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन् । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् । उनले यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका थिए । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङलगायतको पनि अभिनय रहनेछ ।  फिल्म लमजुङ बाहेक गोरखा र चितवनमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार