मनिषालाई ‘दिल तो पागल हे’को पछुतो

बिहीबार, वैशाख १३, २०८१

मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइराला हालका दिनमा सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन् । यो पीरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन् । मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । हालै एक अन्तरवार्तामा मनिषाले आफ्नो करियरको बारेमा कुराकानी गरेकी छन् । उनले फिल्म ‘दिल तो पागल हे’ अस्वीकार गर्दाको पछुतो अहिले लागिरहेको खुलाएकी छन् । मनिषाका अनुसार उनलाई यश चोपडाले ‘दिल तो पागल हे’का लागि अफर गरेका थिए । तर उनले त्यो अफरलाई अस्वीकार गरिन् । फिल्ममा यशले मनिषा र माधुरी दिक्षितलाई अभिनय गराउने सोच बनाएका थिए । तर मनिषाले यशको प्रस्तावलाई सिधै अस्वीकार गरिन् । ‘मलाई आफ्नो करियरको ठूलो पछुतो यो कुरामा छ कि मैले यश चोपडाजीका साथ कुनै फिल्म गर्न पाइनँ । ‘दिल तो पागल हे’मा मलाई माधुरीका साथ कास्ट गरिएको थियो । तर म माधुरीसँग डराएँ र फिल्मबाट पछि हटें’, उनले भनेकी छन् । मनिषाले अस्वीकार गरेपछि निशाको भूमिका करिश्मा कपूरले निर्वाह गरेकी थिइन् । यो फिल्मले उनको करियर चम्किएको थियो । ‘दिल तो पागल हे’ अस्वीकार गरेको केही वर्षपछि मनिषाले राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा माधुरी दिक्षितका साथ अभिनय गरिन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार