पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनिय : पम्फा भुसाल

बुधबार, वैशाख १२, २०८१

काठमाडौं । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियान्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन् ।  काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीबी वर्ग र उत्पीडित समूदायको पक्षमा कलम चलाएको बताइन् ।  उनले भनिन्, ‘पारिजात दिदि साहित्यकार त हुनुहुन्थ्यो नै । उहाँ सामाजिक अभियान्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो । मुलभूत रुपमा उहाँ चाँही श्रमजीबि वर्ग र उत्पीडित समूदायको पक्षमा हुनुहुन्थ्यो ।’ आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पृतिसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनिय रहेको बताइन् ।  उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ । हामीले महिलामुक्तिको अभिन्न अंगका रुपमा सामन्तवाद, पृत्तसत्तावाद विरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौं ।’ 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार