कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

बुधबार, वैशाख १२, २०८१

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।  रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।  बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा कुरा नमिले पछि उनले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उनी मन्त्रीमा नियुक्त भएका हुन् । उनलाई अहिले बिना विभागीय मन्त्री बनाइएकाे छ । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत नसक्दा उनको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार