संविधान कार्यान्वयन अत्यन्तै फितलो भयो : नेविसंघ 

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संविधानमा उल्लेख भएका व्यवस्थाहरु कार्यान्वयनको पाटोमा भने अत्यन्तै फितलो भएको बताएका छन् ।  काठमाडौंमा सोमबार नेविसंघद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिए पनि तीन तहमा नै कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको बताए ।   उनले भने, ‘नेपालको संविधान समाजवादउन्मुख छ । नेपालको सार्वभौम संसदमा प्रतिनिधित्व गर्नुहुने ९५ प्रतिशतभन्दा बढी संघीय सांसदहरुले समाजवादलाई आफ्नो विधानमा अपनाएर समाजवादउन्मुख संविधान भनेर त्यही नारा लिएर जनताको सामु भोट माग्न जान्छौं । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिएको छ । तर, चाहे त्यो संघीय सरकारबाट किन नहोस् प्रदेश र स्थानीय सरकारबाट किन नहोस्, कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको कारण देशमा भ्रष्टाचारहरु बढिरहेको छ । आज व्यवस्था परिवर्तन त गरौं तर विद्यालय र विश्वविद्यालयको अवस्था परिवर्तन हुनै सकेन ।’


शिक्षा प्रणालीलाई ध्वस्त पा¥यो भने त्यो देश आफै ध्वस्त हुने भनाइ चरितार्थ गर्ने गतिविधितर्फ मुलुक रहेको उनले दुखेसो गरे । मुलुकलाई भ्रष्टाचारमुक्त, सबैको विश्वास र आशाको केन्द्र बनाउन आवश्यक रहेको उनले बताए ।  उनले भने,‘आज देशमा हामी सबैको चासो भनेको सुशासन हो । भ्रष्टाचारमुक्त समाज हामी सबैको एउटा विश्वास र आशाको केन्द्र बनोस् भन्ने अभिलाषा छ ।’
सरकारले नेपाललाई एजुकेशन हब बनाउने भने तापनि नारा एकातिर तर व्यवहार अर्कोतिर भएको भनाइ उनले राखे । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार