सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कम्युनिष्ट एकताको पक्षमा रहेपनि हौसिएर तत्कालै यो प्रक्रिया सुरु नगर्ने बताएका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने अलक कुरा भएपनि अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् । उनले भने, ‘अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछ की जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जाँदा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।