पूर्वराष्ट्रपति भण्डारीलाई एमालेद्वारा राष्ट्रिय गौरव पदकबाट सम्मान

सोमबार, वैशाख १०, २०८१

काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ । ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् । आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई  राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार