श्रीलंकामा कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु

सोमबार, वैशाख १०, २०८१

कोलम्बो । श्रीलंकामा भएको एक कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ ।  मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । श्रीलंकामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ ।  सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार