पूर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरबको सम्मानसहित एमालेले आज हिरक जयन्ती मनाउने

सोमबार, वैशाख १०, २०८१

काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैँछ । सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ । शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलीपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो । सो हिरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि बिशेष बक्ताको रूपमा आमन्त्रिण गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार