तीन दिनको चीन भ्रमणमा जाँदै अमेरिकी विदेशमन्त्री ब्लिन्कन

सोमबार, वैशाख १०, २०८१

काठमाडौँ । अमेरिकाकी विदेशमन्त्री एन्टनी ब्लिन्कन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्कनले अप्रिल २४ देखि २६ अप्रिलसम्म चीनको भ्रमण गर्ने भएका हुन् । भ्रमणका क्रममा ब्लिन्कनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ब्लिन्कनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्नेछन् । यसबाहेक मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबीच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबीच वार्ता हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार