सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् । अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । प्रतिनिधि परिषद्को आइतबारको बैठकमा गत शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भएकाे थियाे । प्रतिवेदनमाथिको छलफल सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिँदै छ ।