प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

शुक्रबार, वैशाख ७, २०८१

पोखरा । गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको छ । शुक्रबार बसेको प्रदेश अधिवेसनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए । कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै आजको बैठक बहिष्कार गरेको थियो । प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुखले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार